पोखरा महोत्सव: २५ सयमा मुक्तिनाथको यात्रा
पाेखरा | माघ ३, २०८२
पोखरा: पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ ।
पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखरादेखि जोमसोम मुक्तिनाथ यात्रामा विशेष छुट सहित मात्र २५ सयमा पोखरा मुक्तिनाथ, मुक्तिनाथ पोखरा यातायात ब्यवस्था मिलाईने भएको हो ।
अन्य समयमा एकतफी यात्राको भाडादर १८ सय रहेको पोखरा मुक्तिनाथ यात्रा पोखरा महोत्सव आयोजकले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको समन्वयमा पोखरा मुक्तिनाथ दुईतर्फी यात्राको ब्यवस्थापनमा २५ सयमा उपलब्ध गराएको पोखरा महोत्सवका अतिरिक्त क्रियाकलाप संयोजक गणेश खड्काले जानकारी दिए । १६ सिट क्षमता भएको ईभी हाइसमा आरामदायी यात्राको उक्त सेवा प्राप्त गर्नका लागि पोखरा महोत्सवको सचिवालयमा नाम टिपाउनु पर्नेछ ।
उक्त बस पोखराबाट बिहान ४ बजे पोखराबाट छुट्नेछ भने साँझ ८ बजे पोखरा आइपुग्नेछ । यात्रुहरुलाई एक छाक शाकाहारी खाना र खाजाको ब्यवस्था महोत्सव आयोजक युनाईटेड क्लबले मिलाएको संयोजक खड्काले बताए । खड्काका अनुसार यात्रुहरु एक स्थानबाट दुई भन्दा बढी यात्रुहरु भएमा घर घरबाट पिकअप र ड्रपको ब्यवस्था गरिएको छ ।
महोत्सवको पाँचौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । दर्शकको उपस्थितिसँगै महोत्सवमा राखिएका स्टलहरुको समेत कारोबार बढेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए ।
महोत्सवको पाँचौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । सपुत संगै शनिवार जीवन दाहाल, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, टेक क्षेत्री इन्द्रा गुरुङ, निश्चल थापा मगर, बिनिता क्षेत्री लगायतले प्रस्तुती राखेका थिएभने साँझको लाइभ कन्सर्टमा सुरताल ब्याण्ड र अनुप्रस्थाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरञ्जन लिए ।
महोत्सवको छैठौं दिन लोक दोहोरी तर्फ समीक्षा अधिकारी, राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

